शनिबार, बैशाख १५, २०८१

मन्त्रिपरिषद् बैठक:  लिम्पियाधुरासहित नेपालको अद्यावधिक नक्सा स्वीकृत

काठमाडौ जेठ ५, आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तरराष्ट्रिय सीमासहित प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री डा युवराज खतिवडाले नेपालको अद्यावधिक नक्सामा अन्तरराष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उहाँको भनाइ छ । यो नक्सामा सङ्घीयता अनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । अरु अन्तरराष्ट्रिय सीमा यथावत रहेको बताउनुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय कोभिड १९को जोखिम बढ्दो पाइएसंगै यसवीचमा गरिएको आर्थिक क्षेत्रको अनुमान अहिले फरक पर्ने पनि बताउदै बढ्दो जोखिम नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका लागि अपनाउनुपर्ने सवै विषयगत पक्षलाइ दृष्टिगत गर्दै अगाडी बढेनेक्रममा सरकार रहेको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।