शुक्रबार, चैत्र १६, २०८०

एकै दिन ६२ जनामा कोभिड संक्रमित भएसंगै संक्रमितको सख्या ३ सय ५७ पुग्यो

काठमाडौ जेठ ५,  नेपालमा आज एकै दिन ६२ जनामा कोरोना संक्रमण भेटिएको छ । सबैभन्दा बढी बाँकेमा ४६ जना पुरुष र एक महिला गरी ४७ जनामा एकै दिन संक्रमण पुष्टि भएको स्वास्थयमन्त्रालयले जनाएको छ । एकै दिन एउटै जिल्लामा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै ठुलो संख्या हो । त्यस्तै रौतहटका नौ, जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बारा, मोरङ, विराटनगर, गुल्मी, धादिङ, धनुषा, र दाङमा एक–एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विहान रौतहटका ८ र बाराका१ जनामा संक्रमण भेटिएको थियो । बाँकी ५३ जनाको संक्रमण पुष्टि, भेरी अस्पताल नेपालगञ्ज, भैरहवा, धुलिखेल र विराटनगरमा गरिएको परीक्षणमा पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । संक्रमितमध्ये २ सय ९८ जना पुरूष र ५९ जना महिला रहेका छन् ।

त्यस्तै पछिल्ले ठेटा अनुसार ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएका छन । दुई जना संक्रमितको भने मृत्यु भइसकेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।