शुक्रबार, बैशाख १४, २०८१

पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएसँगै उपत्यकासहित देशभर तापक्रम वढ्यो

काठमाडौ जेठ ४, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ तापक्रम वृद्धि भएसंगै वर्षा र बदलीको संभावना न्यून हुनेक्रम सुरु भएको जनाएको छ ।

त्यस्तै महाशाखाले अबको केही दिन तापक्रम मापनमा निरन्तर उच्च रहने बताउदै व यसवीचमा त्यस्तो कुनै मौसमी प्रणाली विकसित भएको अवस्थामा मात्र मौसममा उतारचढाव आउने जनाएको छ ।

यद्यपी महाशाखाका अनुसार मंगलबार देशको पूर्वी भूभागमा र मध्य तथा पश्चिमी पहाडी भूभागमा मध्याह्नपछि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाउएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।