बिहिबार, बैशाख ६, २०८१

उच्चस्तरीय समितिको बैठक: जारी लकडाउनको समयसिमा थप गर्न सिफारिस

काठमाडौं जेठ ४, कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले संक्रमण नफैलियोस भन्दै मुलकमा जारी लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । तर कति समय थप गर्नेहो सो सम्बन्धमा मन्त्रीपरिषद बैठकले निर्णय गर्ने बताउनभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकले वर्तमान अवस्थामा लकडाउन नै संक्रमणको जोखिम रोक्ने एकमात्र प्रभावकारी माध्यम ठहर सहित लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको हो ।

समितिको बैठक पछि बैठकको निर्णयबारे जानकारी दिँदै समितिका सदस्य–सचिव नारायणप्रसाद बिडारीले मसलककमा जारी लकडाउनका कारणनै कोभिड–१९ भयावह अवस्था सिर्जना हुनबाट जोगिएको बताउदै तत्काललाइ समय थप गर्नुको विकल्प नभएको निष्कर्ष सहित समयसिमा थपको लागि सरकारलाइ सिफासिरस गरेको बताउनुभएको छ ।  यसअघि घोषित लकडाउन सोमबार राति १२ बजेसम्म कायम रहेकोमा थप समयसिमाको अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले बैठकले मापदण्ड सहितको क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँने यस्तै बन्दाबन्दी कार्यान्वयन र मानिसको आवागमन रोक्न सुरक्षा व्यवस्था कडा बनाउदै स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने अत्यावश्यक वस्तुको कमी हुन नदिन आपूर्तिको बन्दोबस्त मिलाउने निर्णय समेत गरेको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।