शुक्रबार, बैशाख १४, २०८१

नेपाली भू-भाग अतिक्रमण प्रति गगनको गर्जन, रक्षामन्त्री पोखरेलले अतिक्रमित भूभागको अवलोकन गरेको कि तीर्थयात्रा ?

काठमाडौ बैशाख २८,  नेपाली भूमिमा भारतले अनधिकृतरुपले सडक निर्माण गरेको विषयमा सरकारले कूटनीतिक माध्यमबाट तत्काल समस्या समाधानका लागि पहल गर्न माग गर्दै नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट अतिक्रमित भूभाग क्षेत्रमा भएको भ्रमणमाथि प्रश्न उठाएका छन् ।

त्यस्तै सासंद थापाले बैठकमा भारतीय हस्तक्षेप अतिक्रमणको भत्सर्ना गर्दै कृहि समय अघि रक्षामन्त्री इश्वर पोखरेलले पोखरेलले अतिक्रमित भूभागको भ्रमण गरेको स्मरण सहित सरकारको कामकारबाहीबारे प्रश्न उठाउनु भएको हो ।

सासंद थापाले बैठकमा भने ‘केही समय पहिले रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो ?’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम गर्यो ? ’त्यसको जवाफ सरकारले दिनुपर्ने बताए ।

साथै त्यस्तै उहाँले भारतको दादागिरी र चिनको न्यानो सहयोगको प्रतिकार गर्न नेपाली काँग्रेस र सम्पूर्ण नेपाली जनता तयार रहेको बताउदै सरकारको अपेक्ष के हो त्यो प्रष्ट आउनुपर्ने बताउनुभएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।