शुक्रबार, बैशाख १४, २०८१

देशभर १६ हजार ८९८ जनाको पीसीआर परीक्षण: प्रवक्ता देवकोटा

काठमाडौ बैशाख २८ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया ‘प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभर १६ हजार ८९८ जनाको पीसीआर परीक्षण र ५६ हजार ६५७ जनाको ‘आरडीटी’ परीक्षण गरिएको जानकारी दिनु भएको छ। थप २४ घण्टामा १हजार ३१६ जनको परीक्षण गरिएको उहाँले बताउनुभयो । त्यस्तै देशभर १६४ जना ‘आइसोलेसनमा  रहेको र यसमध्ये उत्यकाभित्र ३ जना र उपत्यका वाहिर १६१ जना , साथै देशभर १३ हजार ६२५ जना ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिनु भएको छ।

पछिल्लो समय उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएसंगै कोभिड पोजेटिभ देखिएका पुरुष ७८ र महिला ३२ गरि कुल संक्रमित ११० मध्ये  निको भइ ‘ डिस्चार्ज हुनेको सख्या ३१ पुगेको छ भने ७९ जना संक्रमितको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको र उपचारमा रहेका सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.28

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.28#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Sonntag, 10. Mai 2020

साथै उहाँले संक्रमणबाट पूर्ण रुपमा निको भई घर गएका व्यक्तिहरुलाई विभेद नगर्न आग्रह गर्नु भएको छ। पछिल्लो समय निको भएका व्यक्तिहरुलाई परिवार र समुदायले विभेद गरी छुट्टै स्थानमा राखिएको सूचना आएसंगै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।