मङ्लबार, बैशाख ११, २०८१

उपत्यका प्रवेश गर्ने नाकामा कडा नियमन सहित सुरक्षा व्यवस्था आवश्यक: उपप्रमुख खड्का, किनपा

काठमाडौं बैशाख २९ , उपत्यकामा विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड १९-को संक्रमणको जोखिम बाट जोगाउन उपत्यका र आसपासमा रहेको नगरपालिका मध्ये किर्तिपुर नगरपालिकाको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । मुलुकमा जारी लकडाउनका वीचपनि लुकिछिपी उपत्यका प्रवेश गर्ने नाकामध्ये किर्तिपुर र आसपासका क्षेत्रबाट समेत त्यस्ता थुप्रै प्रवेश मार्ग रहेका छन ।

यसै परिवेसमा हाम्रा सहकर्मी अनुप प्रधानले किर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्का संग जारी लकडाउन र लकडाउन प्रताडित नागरिकका लागि राहत वितरण संगै अन्य महत्वपूर्ण विषयमा केन्द्रीत रहेको गरिएको भिडियो वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

वार्ताका क्रममा उप प्रमुख खड्काले किर्तिपुर नगरपालिकाले मात्र चाहेर पनि लुकिछिपी अनियन्त्रित प्रवेशलाइ रोक्न नसक्ने बताउदै यसको लागि उपत्यका र आसपासका सवै पालिकाको सहकार्य आवश्यक रहेको बताए । यद्यपी नगरपालिकाको तर्फबाट किर्तिपुरको सवै नाकाको अनुगमन गर्ने क्रममा एम्बुलेन्समार्फत हुँदै आएको अवान्छित क्रियाकलापलाइ नियन्त्रणमा लिदै सुरक्षा व्यवस्थालाइ चुस्त दुरुस्त राख्ने काम भएको बताए ।

त्यस्तै उहाँले लकडाउन कारण सिर्जित असहज परिस्थतीलाइ सम्बोधन गर्दै सरकारले जारी गरेको निर्देशन अनुरुप सवै खालका प्रताडित नागरिकलाइ राहत वितरण गरेको जानकारी दिदै उपत्यका प्रवेशगर्ने जो कोहिलाइ पनि नियन्त्तण गर्नका लागिघरधनीको पनि त्यतिकै महत्पूर्ण भूमिका रहको र घरधनीले यदि त्यस्तो समस्या सिर्जना भए तत्काल वडा कार्यालयमा खवर गर्दै समाधानका उपाए अवलम्न गर्न आग्रह समेत गर्नु भएको छ । त्यस्तै उहाँँले उपत्यका प्रवेश गर्ने नाकामा कडा सुरक्षाका साथ नियमन गर्दै सुरक्षा व्यवस्था कायम गर्नुपर्नेमा जोड दिएकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।