शुक्रबार, बैशाख १४, २०८१

आयोगले भन्यो- स्वेच्छाचारी गिरफ्तारी बन्द गर

काठमाडौं जेठ १७, राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गर्दै मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले आज जारी प्रेस विज्ञप्तिमा  हलेसी तुवाचुङ नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारीरुपमा पटक पटक पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउदै यस्तो आग्रह गरेको उल्लेख गरिएको छ ।

 त्यस्तै आयोगको विज्ञप्तिमा खत्रीलाई २०७६ वैशाख २ गते पहिलोपटक पक्राउ गरी जिल्ला कारागार खोटाङमा राखिएकामा सर्वोच्च अदालतबाट भएका आदेशविपरीत २०७६ चैत २८ गते, २०७७ वैशाख १३ गते, २०७७ वैशाख २८ गते, २०७७ जेठ २ गते र २०७७ जेठ १५ गते छैटौँपटक पक्राउ गरी हालको लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै २०७७ जेठ १६ गते सिरहा पु-याइएको पाइएसंगै मुलुकको   संवैधानिक एवं कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट  भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य ले   व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत  गरेको अधिकार विपरित भएको   भन्दै    आयोगले नेपाल सरकारको ध्यानाकर्षण सहित २४ घण्टाभित्र जवाफ पठाउन आयोगले गृहमन्त्रालयलाई पत्राचारसमेत गरेको उल्लेख गरिएकोछ ।

त्यस्तै सरकार, स्थानीय प्रशासन र प्रहरीबाट योजनाबद्धरुपमा भएका यस किसिमका स्वेच्छाचारितापूर्ण गिरफ्तारीबाट नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक एवं संवैधानिक हक र मुलुकी फौज्दारी अपराध संहिताले प्रत्याभूत गरेको कानूनी हक विपरीत कार्य भएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।