बुधबार, बैशाख १२, २०८१

कालीमाटी वृतका सङ्क्रमण देखिएका दुई प्रहरी सहित २१६ को रिपोर्ट नेगेटिभ

काठमाडौं जेठ १७ , काठमाडौको महानगरीय प्रहरी वृत्त कालीमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी वृत्त कालीमाटीका प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालीमाटी वृत्त र त्यस आसपासका प्रहरी विट तथा महिला सेललाई सिल गर्दै पिसिआर परीक्षण गरिएको थियो । त्यसक्रममा क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पिसिआर परीक्षण गरिएको थियो । त्यस्तै सङ्क्रमण देखिएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ गर्दै दुवैजनालाई आजै होम क्वारेन्टाइनमा पठाइएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।