शनिबार, बैशाख १५, २०८१

आज अपरान्ह राष्ट्रपति भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौ जेठ २ , सङ्घीय संसद्को आज बस्ने संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। शुक्रबार अपराह्न ४ः०० बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै आजको बैठकमा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत करिब २९ विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएपनि यसपटक कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ सचिवालयले जानकारी दिएको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।