शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका तीनवटै जिप्रकाको सयुक्त बैठक: अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

काठमाडौ जेठ २, काठमाडौं उपत्यकाका कोरोना संक्रमणको जोखिम बढेसंगै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको आज बसेको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् । निर्णय अनुमोदनका लागि तीनवटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीमा पठाएको छ ।

त्यस्तै बैकठले वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय, निर्माणसामाग्री ढुवानीलगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्द गर्ने निर्णय गरेको बताईएकोछ । प्रशासनको यो निर्णय सीसीएमसी र उच्चस्तरीय समितिबाट अनुमोदन भए सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुनेछन् धनेबाँकी सवै कार्यलय बन्द हुने भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।