शुक्रबार, बैशाख १४, २०८१

जारी दुवै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति

काठमाडौ बैशाख ८ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा असहमति प्रकट गर्नुभएको छ ।.सभापति देउवाले आज साँझ एक् वक्तव्य जारी गर्दै मुलुकमा बढ्दो कोभिड जोखिमका कारण सर्वत्र त्रास कायम रहेको अवस्थमा सरकारको तर्फबाट जारी दुवै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति रहेको उउल्लेख गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिमा सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप सहित कोभिड संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबैखाले विमति र आग्रहहरुबाट माथि उठेर काँग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको मुख्य दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउने पक्षलाइ नजरअन्दाज गर्दै अनावश्यक हर्कमा रुमलिएको जिकिर गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा संविधान निर्माण गरिंँदा राजनीतिक स्थिरताको परिकल्पना सहित गरिएको व्यवस्था विपरित सरकारले चालेको कदम र राष्ट्रपतिबाट छिट्टै गरिएको प्रमाणीकरणले यी सबै व्यवस्था उल्लङ्घन गरेको जिकिर गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।