शुक्रबार, बैशाख १४, २०८१

भरतपुर अस्पतालमा ज्वरोको उपचार गर्न गएकी महिलाको मृत्यु , स्वाब परीक्षण गरिने

काठमाडौं चैत २१, ज्वरो आएर उपचारका लागि गएकी एक विरामीको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ। अस्पतालका अनुसार बिहिबार राती सिन्धुली घर भएकी २६ वर्षीया उषा कुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राती १२ बजे अस्पताल ल्याइएको राईको सघन उपचार कक्षमा उपचारकै क्रममा बिहान २ वजे मृत्यु भएको हो ।

राईको उपचारको क्रममा मृत्यु भएसंगै उनको र्‍यालको नमुना परीक्षण गरिने भएको छ । केन्द्रीय प्रयोगशाला काठमाडौंबाट परीक्षणको नतिजा नआएसम्म मृत शरिरलाई छुट्टै सुरक्षित राखिएको अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने जानकारी दिएको छ । युवतीको मृत्युको कारण नतिजा आए पछि थाहा हुने भएकाले उच्च साबधानी अपनाईएको अस्पतालको जनाउ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।