मङ्लबार, बैशाख ११, २०८१

काठमाडौं महानगरको १९ मा वडाका विभिन्न ५ क्षेत्रबाट स्थानीय स्वयमसेवक मार्फत राहत वितरण

काठमाडौं चैत २१ , विश्वव्यापी कोभिड – १९ को बढ्दो माहामारी सन्त्रासका कारण नेपाल सरकारले जारी गरेको बन्दाबन्दी आदेशबाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएका विपन्न अति विपन्न र दैनिक रोजगारी समेत विहिन हुँदै आफ्नो जीवन गुजारा गर्न असहज परिस्थिती भएका व्यक्तिका लागि काठमाडौ महानगरपालिका अन्र्तगतका ३२ वटै वडामा राहत सामग्री वितरण कार्य भइरहेका छन ।

काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिकाको बैठकले स्वीकृत गरेको मापदण्ड अनुरुप विभिन्न वडामा बसोवास गर्ने विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति र तिनका परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउने क्रममा महानगरपालिको वडा न.१९ मा हुँदै गरेको राहत वितरण प्रणली र यसका लागि अवलम्न गरिएकोे व्यवस्थापनका विषयमा वडा समितिका वडा सदस्य चन्द्रमान डङ्गोल , त्यस्तैगरि स्थानीय विपद व्यवस्थापन समितिका सचिव सुमन खड्गीसंग आज हामीले साक्षात्कार गरेका छौं ।

(स्थानीय विपद व्यवस्थापन समितिका सचिव सुमन खड्गी)

साक्षात्कारको क्रममा वडा सदस्य डङ्गोलले राहत वितरणका लागि भएको सर्वदलिय बैठकको निर्णय अनुसार वितरण प्रणलीलाइ वडा समिति केन्द्रीकृत गर्दै राहत वितरण गर्दा यसवीचमा हुने भिडभाडले भाइरस संक्रमणको जोखिम बढ्न सक्ने पक्षलाइ दृष्टिगत गर्दै वडाका विभिन्न ५ क्षेत्रमा स्थानीय स्वयमसेवलाइ परिचालन गर्दै राहत वितरण गरिएको  बताए ।  त्यस्तै  राहत वितरणको लागि पिडितको यकिन तथ्याङ्क प्राप्त भइनसकेपनि अहिलेसम्म करिव ३सय ५० देखि ४ सयको हाराहारीमा रहेको वडा सदस्य डंगोलले बताए ।

त्यस्तै विपद व्यवस्थापन समितिका सचिव खड्गीले कोभिड -१९ को संक्रमण फैलिन एक प्रमुख माध्यम भएकै कारण सामाजीक दुरी पनि कायम होस र भिडभाड पनि नहोस भन्दै राहत वितरणको लागि तोकिएको एरियाको विषयमा जानकारी दिदै उहाँले भने वडामा राहत वितरण हुँदैछ भन्ने वित्तिकै थेग्न नसक्ने भिडभाड हुने  भूकम्पको समयमा राहत वितरण गर्दै गर्दाको अनुभवलाइ मनन गरि कामपा वडा न. १९ ले अख्तियार गरेको यो क्षेत्र विभाजनको शैली आफैमा प्रभावकारी रहेको र यसको लागि क्रमस अशोक विनायक स्टोर मरु, किशोर स्टोर मरुढोका , रिकेश स्टोर इनाटोल , रुपा स्टोर चिवाखेल र शेषनारायण स्टोर यटखावहाललाइ जिम्मा दिएको जानकारी दिदै उल्लेखित स्टोरबाट पिडितले राहत प्राप्त गर्न सक्ने बताए ।

मुलुकमा सरकारले जारी गरेको बन्दाबन्दी आदेशका कारण अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि  समस्या सिर्जना भएकाले केन्द्रीय सरकारको निर्देशनमा स्थानीय सरकारले राहत वितरणको अवधारणा कार्यान्वयन गरेको हो । तर पछिल्लो समय राहत लिनकै लागि पहिचान गरिएका वर्ग भन्दा पृथक जो सक्षम छन उनिहरुपनि राहतका लागि राहत लिन आउने प्रवृतिले प्रशय पाउदै गर्दा वडा न. १९ मा भने त्यस्तो समस्या नभएको वडा सदस्य डङ्गोलले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।