मङ्लबार, बैशाख ४, २०८१

कोभिड – १९ का कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

काठमाडौं चैत २१ विश्वमा कोभिढ १९को संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार १ सय नाघेको छ । भाइरसबाट १० लाख १५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।त्यस्तै २ लाख १२ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएको पछिल्लो डेटा रहेको छ । यसवीचमा अमेरिकामा मात्रै संक्रमितको संख्या २ लाख ४४ हजार नाघेको छ भने ६ हजार ७० जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटलीमा संक्रमित हुनेको संख्या १ लाख १५ हजार ना३नुको अलावा १३ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै जर्मनीमा संक्रमितको संख्या ८४ हजार नाघेको छ भने एक हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

यसैगरि फ्रान्समा संक्रमितको संख्या ५९ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ नाघेको छ । इरानमा संक्रमितको संख्या ५० हजार ५ सयभन्दा बढी पुगेको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतमा पनि संक्रमण फैलदो क्रममा रहेको छ । त्यहाँ ३३ हजार सात सय भन्दा बढीलाई संक्रमण भएको छ भने २ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ४ सय नाघेको छ भने ३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा दुई हजार ५ सय ४३ जना संक्रमित भएका छन् भने ७२ जनाको मृत्यु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।