शनिबार, बैशाख १५, २०८१

बुढानिलकण्ठमा आरडीटी टेष्टको क्रममा देखिएको संक्रमितको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइयो

काठमाडौं बैशाख ४ , आरडीटी टेष्टको क्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा कोभिड १९ संक्रमण पोजेटिभ देखिएको छ।  इटालीबाट फर्किएकी उनीमा बुधबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बुढानिकण्ठ नगरपालिकाले जनाएको छ।

प्राप्त जानकारी अनुसार विदेशबाट नेपाल फर्केका नागरिकमा परीक्षण गर्ने लक्ष्य अनुरुप २२ दिन देखि होम क्वारेन्टाइन बस्दै आएकी ती महिलाको आरडीटी टेस्टमा कोभिड पोजेटिभ देखिएको हो ।

यद्यपी आरडीटी टेस्टमा कोभिड पोजेटिभ देखिएसंगै ती महिलाको पीसीआर विधिबाट परीक्षणका स्वाबको नमुना टेकु अस्पतालमा पठाइएको र स्वावको रिपोर्ट आएसंगै यसको आधिकारिता पुष्टि हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।