बुधबार, बैशाख १२, २०८१

लडाउन आदेशको अवज्ञा गर्नेमाथि कारवाही तिब्र, चेकजाँचमा थप कडाइ,उल्लंघन गर्ने ७ सयबढी कारबाहीमा

काठमाडौं बैशाख ४, विश्वव्यापी कोभिड- १९ को जोखिमबाट बच्न सरकारले जारी गरेको लडाउन आदेशको अवज्ञा गर्नेलाइ धमाधम सरकारले कारवाही तिब्र बनाएको छ । प्रहरीले आज विहानमात्रै उपत्यकामा लकडाउन उल्लंघन गर्ने ७ सय भन्दा बढीलाई कारवाही गरिएको जनाएको छ ।

बुधवार कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनको समयमा अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएपनि त्यस विपरित अनावश्यकरुपमा रमिते बन्दै वाहिर निस्कने प्रवृति बढेसंगै संक्रमणको जोखिम बढ्नसकने निष्कर्ष सहित लकडाउन प्रभावकारी बनाउने र आवश्यक परे थुन्नेसम्मको कारवाही गर्न निर्देशन दिएसंगै प्रहरीले सडकमा निस्कनेहरुलाई केही घन्टा उभ्याएर कारवाही अभियानलाइ तिब्र बनाएको हो ।

 प्रहरीका अनुसार कारवाहीको क्रममा काठमाडौंबाट ५ सय भन्दा बढी भक्तपुर र ललितपुरमा एक सय भन्दा बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जनाउँदै पछिल्लोसमय चोकचोकमा बसेर ती साधनहरुको नियमित चेकजाँच गरिरहेको छ । सरकारले आउँदो वैशाख १५ सम्म देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।