शुक्रबार, बैशाख १४, २०८१

कोरोनाको कहर :अमेरिकाद्वारा संकटकाल घोषणा

काठमाडौ चैत १,  कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटलकाल घोषणा गरेका हुन्।

संकटकाल घोषणापछि कोरोना संकटसँग जुध्न राज्य र स्थानीय सरकारहरुले थप संघीय बजेट पाउन सक्नेछन् । अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नियन्त्रणका लागि संकटकाल घोषणा गरिएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा १ हजार २६४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ३६ जनाको मृत्यु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।