बिहिबार, चैत्र १५, २०८०

स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न मन्त्रालयको निर्देशन

काठमाडौं चैत १, विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन सहितको सकुर्लर जारी गरेको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका उपसिचिव प्रमोद सिंखडाद्दारा हस्ताक्ष्रित निर्देशन सहितको परिपत्रमा प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न, तर बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन निर्देशन दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।