आइतवार, बैशाख १६, २०८१

विषम अवस्थामा एकले अर्कालाई सहयोग गर्नु नैतिक तथा मानवीय दायित्व : नेता जोशी

काठमाडौं चैत १७ ,   कोभिड १९को बढ्दो विश्वव्यापी महामारीसंगै नेपाल सरकारले मुलुकमा संक्रमण फैलिन नपाओस भन्दै जारी गरेको लकडाउनको आदेशको समयमा कुनै त्यस्तो असहज अवस्था सिर्जना भए काठमाडौं काँग्रेस क्षेत्र न ८ अन्र्तगत विभिन्न जिम्मेवारीमा रहेका काँग्रेस नेता तथा जनप्रतिनिधीलाइ सहजीकरणका लागि सम्पर्क गर्न आग्रह गरिएको छ । पूर्व उद्योगमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको विषम अवस्थामा एकले अर्कालाई सहयोग गर्नु नैतिक तथा मानवीय दायित्व भएको बताउदै यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै नेता जोशीले जारी गर्नु भएको विज्ञप्तिमा कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिइसकेको वर्तमान परिस्थितिमा हाम्रो मुलुकमासमेत यसका विरामी परिक्षणबाट देखा परेको र यसलाई नियन्त्रण गर्न अत्यन्त जरुरी रहेको बताउनु भएको छ ।  त्यस्तै उहाँले यसवीचमा विश्वस्वास्थ्य संगठन,वैज्ञानिक डाक्टरले तोकेका आचारसंहिता पालना गर्न सबैलाई अनुरोध गर्दै हात धुने सामाजिक दूरी कायम गर्ने मास्क र स्यानिटाईजको प्रयोग गर्ने र घरमानै सुरक्षित भएर बस्नु आग्रह गर्नु भएको छ । साथै हामी अहिले अफ्ठ्यारो परिस्थितिमा छौ यो चुनौती सामना गर्न हामी सबैको बलियो आत्मविश्वास र प्रतिबद्धता आवश्यक रहेको जिकिर गर्नु भएको छ ।

त्यस्तै उहाँले विज्ञप्तिमा प्रतिकूल अवस्थामापनि अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी साथैका हामी आमजनतालाई सुसूचित र समाचार सम्प्रेषणका निम्ति खट्नु हुने पत्रकारिता जगत प्रति सम्मान व्यक्त गर्दै विदेशमा रहनुभएका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको अवस्था र सुरक्षाका लागि विदेशस्थित हाम्रा दूतावासहरुलाई अझ प्रभावकारी बनाउन, मुलुकका धेरै स्थानहरुमा विश्वसनीय स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी ,सञ्चारकर्मीको व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध गर्न र लकडाउनका अवस्थामा मुलुकका श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजाराका लागि तत्काल राहत प्याकेज उपलब्ध गराउन सरकारसंग जोडदार माग गर्दछु भनिएको छ ।

साथै लकडाउनको यस कठिन परिस्थितिमा समस्या उत्पन्न भएमा हामीबाट हुनसक्ने सहयोगका लागि सम्पर्क गर्नुहोला भन्दै नेता जोशीले आफु लगायत आफ्ना साथीहरूको सम्पर्क सूत्र उपलब्ध गराउनु भएको छ ।

  • नविन्द्रराज जोशी:9851032097  पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य नेपाली काँग्रेस
  • राजुराज जोशी :9851083387  मेयर उम्मेद्वार काठमाडौं महानगरपालिका
  • राज्यलक्ष्मी श्रेष्ठ :985123777   पूर्व संविधानसभा सदस्य
  • कृष्णा अमात्य :  9803173663 पूर्व संविधानसभा सदस्य
  • मोहन  बस्नेत: 9851044357  मेयर ,नागार्जुन नपा
  • देवरत्न डंगोल :9851103607  प्रदेशसभा सदस्य उम्मेद्वार
  • राजेश श्रेष्ठ :9841219141  क्षेत्रीय सभापति काठमाडौ क्षेत्र नं ८
  • रोमेल श्रेष्ठ :9851008856  जिल्ला सहसचिव काठमाडौं  काँग्रेस
  • केदार मानन्धर :9851039067  नगर सभापति नेका नागार्जुन नपा

काठमाडौँ महानगरपालिका वडा नं.१३

  • सुरेन्द्र मानन्धर :9841285378 सभापति नेका
  • पुष्कर पाण्डे :9841515418
  • दशरथ रिसाल:9851022906

काठमाडौं महानगरपालिका वडा नं .१५

  • राजु खरेल:98510206428 सभापति नेका
  • सुदर्शनमान सिंह :9741001610

काठमाडौं महानगरपालिका वडा नं.१९

  • शशिलाल श्रेष्ठ :वडाध्यक्ष: 9851279919
  • रेणु शाही : वडासदस्य  9840177842
  • मधुसूदन प्रधान : वडा सदस्य : 9841254696
  • चन्द्रमान डंगोल : वडा सदस्य : 9851068655
  • सृजन झा:9851006606

काठमाडौं महानगरपालिका वडानं.२०

  • राजेन्द्र मानन्धर : वडाध्यक्ष : 9851279920
  • रसेल श्रेष्ठ : वडा सदस्य : 9841216976
  • शोभा मानन्धर : वडा सदस्य : 9841186503
  • अनीष रञ्जित :वडा सदस्य

काठमाडौं महानगरपालिका वडा नं.२३

  • नविनमान श्रेष्ठ : 9841205137 (महाधिवेशन प्रतिनिधि )
  • कञ्चना हरिजन :9803509713
  • रिता माथेमा : 9841992677

काठमाडौं महानगरपालिका वडा नं.२४

  • विनोद राजभण्डारी 984120094 सभापति
  • अमूल्य स्थापित: 9841668743

नागर्जुन नगरपालिका वडा नं .४  – लक्ष्मीराज शर्मा : 9841415809 सभापति नेका नागार्जुन

नगरपालिका वडा नं.५  -निर्मल खनाल : –9851077462सभापति नेका

– नेपाल तरुण दल :अनिरुद्ध प्रधान:9849986161

नेपाल महिला संघ:ज्योत्सना सिन्धुराकार9841238883

-नेपाल विद्यार्थी संघ: शेषनारायण महर्जन :9841317283

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।