शनिबार, बैशाख १५, २०८१

टोखा नगरपालिका वडा न.१ लाइ बिष्णु सरस्वती फाउन्डेसनको मास्क सहयोग

काठमाडौं चैत १७ , सामाजिक क्षेत्रमा सक्रिय बिष्णु सरस्वती फाउन्डेसनले टोखा स्थानीयलाइ कोभिड १९ को संक्रमणबाट जोगिन ७ सय थान माक्स बितरण गरेको छ।

टोखा नगरपालिका वडा नम्बर १ लाइ सस्थाकी अध्यक्ष अम्बिका शर्माले उक्त माक्स हस्तान्तरण गरेकी हुन। सो वडाका अध्यक्ष श्रीकृष्ण अधिकारीले टोखाबासीको सुरक्षामा महत्त्वपूर्ण सहयोग गर्नु भएकोमा फाउन्डेसनका अध्यक्ष शर्मालाइ धन्यवाद दिदै सहयोग प्रति आभार व्यक्त गर्नु भएको थियो ।

त्यस्तै फाउन्डेसनका अध्यक्ष शर्माले आफ्नो संस्थाले परेको बेला श्रोत र साधनले भ्याए सम्म परोपकारी काम गर्दै आइरहेको बताउँदै आजको सहयोगम पनि यसैको एक महत्वपूर्ण कडि भएको बताइन। साथै भाइरसको जोखिमबाट जोगिन घर बाहिर ननिस्कन र लकडाउन को पूर्ण पालन गर्न आग्रह गरिन।

शर्माले आफ्नो आमा बुबाको नाममा खोलेको सामाजिक संस्था बिष्णु सरस्वती फाउन्डेसन ले बिपन्न असाहय टुहुरा बालबालिका बिपन्न परिवार बृदबृदा हरुका निम्ति काम गर्दै आइरहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।