शनिबार, बैशाख १५, २०८१

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने चालक कारवाहीको दायरामा

काठमाडौ चैत ६ , महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकउपर कारवाही अभियान शुरु गरेको छ ।

महाशाखाले कारवाही पक्रिया अन्र्तगत साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकाल्दै ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुपपरिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनेलाई चालकलाीइ कारवाही गरिने जनाएको छ ।

साथै महाशाखाले ठूलो आवाज सहित तीव्र गतिमा मोटरसाइकल कुदाउँदै गरेका चालक देखेमा ट्राफिक प्रहरीको हट लाइन १०३ मा जानकारी गराउनसमेत प्रहरीले अनुरोध समेत गर्दै ठूलो आवाज सहित त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप रु एक हजारदेखि रु १५ हजारसम्म जरिवाना गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।