शुक्रबार, बैशाख ७, २०८१

युवा नेता गगनको सरकारलाई ११ बुँदे ध्यानाकर्षण

काठमाडौं चैत ५, नेपाली काँग्रेसका युवा नेता गगन थापाले ‘कोभिड–१९’ जोखिम रोकथामका लागि तत्काल विभिन्न कदम चाल्न सरकारलाई सुझाव दिनुभएको छ । ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रम ईश्वर पोखरेलाइ ‘कोभिड– १९’ जोखिम सम्बन्धमा तत्काल आवश्यक कदम चाल्न ध्यानाकर्षण गराउँदै ११ बुँदे  ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।

ध्यानाकर्षण पत्रमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुको अलावानेपाल बाहिरबाट हवाई मार्गहुँदै नेपाल भित्रने व्यक्तिलाई आगमनमा प्रतिबन्ध लगाउने वा अनिवार्य क्वारेन्टाइनमा राख्ने वा निश्चित प्रक्रिया पूरा गरेर आउनेलाई उचित स्वास्थ्य परीक्षणपछि मात्र प्रवेश दिने तीन विकल्प प्रस्तुत गर्नुभएको छ ।

त्यस्तै  उहाँले नेपाल भारतबीच रहेका खुला नाकामध्ये अत्यावश्यकबाहेक अन्य सम्पूर्ण बन्द गर्न तथा खुला नाकामा आवश्यक जनशक्ति, उपकरण, आइसोलेशन कक्ष, एम्बुलेन्स र सुरक्षाको प्रबन्ध गरी २४सै घण्टा जाँच गर्ने कार्य तिव्रात दिन समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829