शनिबार, बैशाख १५, २०८१

प्रम ओलीको स्वास्थ्य अवस्थामा असहजता देखिएसंगै अस्पताल भर्ना

 काठमाडौं चैत १४ , प्रधानमन्त्री केपी ओलीको गएराती स्वास्थ्य अवस्थामा केहि असहजता देखिएसंगै अस्पताल भर्ना गरिएको छ । बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । मुटुमा केही समस्या भएपछि उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल भर्ना गरिएको चिकित्कसले बताएका छन् । हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रम ओलीको स्वास्थबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । प्रम  ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसको ११ दिनपछि उनी प्रधानमन्त्री निवास बालुवाटार फर्किदै गर्दा चिकित्सकले उनलाई कडा सावधानी अपनाउन सुझाव दिएका थिए ।

यसैवीच यो समाचार तयार पार्दाको समयसम्ममा प्राप्त जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठीक रहेको यसवीचमा त्यस्तो कुनै जोखिम नहोस भने र मात्रै अस्पताल ल्याइएको जानकारी दिदै सम्वद्ध स्रोतले आजै उहाँलाइ डिस्चार्ज गर्दै बालुवाटार लगिने जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।