मङ्लबार, बैशाख ११, २०८१

कोभिड -१९ को चौतर्फी सन्त्रासको समयमा मुलकका निजी अस्पतालले देखाएको रवैया किमार्थ अस्वीकार्य : पूर्वराजा शाह

काठमाडौ चैत १४ , पूर्व राजा ज्ञानेन्द्र शाहले निजी विश्वव्यापी कोभिड १९को संक्रमण बढ्दो रहेको अवस्थामा  मुलुकका निजी अस्पतालले देखाएको रवैयाको चर्को आलोचना गरेका छन् । कोसभडका कारण देशनै प्रभावित भएको बेला संक्रमणको आशंकामा जचाउन पुग्ने नागरिकलाई निजी अस्पताल परीक्षण नगरेको भन्दै उहाँले आलोचना गर्नु भएके हो ।

पूर्व राजा शाहले बिहीबार एक ट्वीटमार्फत शाहले यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्नेमा जोड दिदै संकटको बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ भन्दै यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

यसअघि उहाँले विश्वमा भयावह रुपमा फैलिएको कोरोनाको संक्रमणले जात, धर्म, पद, धनी, गरिब केही पनि हेर्दैन । सम्पूर्ण नागरिकलाई आफू र आफ्ना परिवार सहित सुरक्षित रहन आग्रह गर्दछौं । अत्यावश्यक अवस्था बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन र SocialDistance पूर्ण रुपमा पालना गर्न पनि आग्रह गर्नु भएको थयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।