शनिबार, बैशाख १५, २०८१

कोरोनाको जोखिम: आजबाट अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं चैत ९, विश्वव्यापी कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले मुलुकभर आजबाट अत्यावश्यकबाहेक सबै सेवा आजबाट बन्द गरिएको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।

त्यस्तै आजै रातीबाट नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू पनि  चैत्र १८ गतेसम्म स्थगित गरिएका छन् । लामो दूरीका यात्रुवाहक बसलाई चैत १० गते देखि केही अवधिका लागि रोक लगाइएको छ ।  सरकारले आजवाट भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन हुने जनाएको छ ।

बन्द नहुने सेवाहरुमा डाँक, तार वा टेलिफोन,सञ्चार,यातायात, प्रिन्ट वा सरकारी छापा,रक्षा आन्तरिक सुरक्षा छन । त्यस्तै पेट्रोलियम पदार्थको ढुवानी पैठारी, भण्डारण र वितरण, खानेपानी संचालन तथा वितरण, अस्पताल,फोहरमैला संकलन, विद्युत र दैनिक उपभोग्य बस्तुसम्बन्धी सेवा पनि रोकिने छैन । अस्तालहरुमा बहिरंग सेवा पनि बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मानिसहरुको भीडभाड हुने स्थान,सिनेमा घर, शैक्षिक संस्थाहरु भने यसअघि नै बन्द गर्न सरकारले निर्देशन दिएको छ । अत्यावश्यक बाहेकका क्षेत्रमा रोकको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।