शनिबार, बैशाख ८, २०८१

सत्यतथ्य सूचना र समाचारका लागि महासंघद्दारा अनुगमन समिति गठन

सञ्चारमाध्यम र पत्रकारको दायित्व :

काठमाडौ चैत ८, नेपाल पत्रकार महासंघले कोविड–१९ को बढ्दो संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानिबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासंघका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, दिलीप थापा र महासचिव रमेश विष्ट रहने गरि सञ्चारमाध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्यतथ्य सूचना प्रवाह वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै कोविड–१९ को बढ्दो संक्रमणलाई ध्यान दिँदै सञ्चारकर्मीलाई निवासबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ। महासंघ आज बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन वा कार्यालय आवतजावत गर्न सवारी साधनको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको  महासचिव रमेश विष्टद्दारा  जारी विज्ञप्तिमा उल्लेख गर्नुको अलावा सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।