शुक्रबार, बैशाख १४, २०८१

प्रकाशित समाचारप्रति मुख्यमन्त्री गुरुङको निजी सचिवालय द्वारा ध्यानाकर्षण

सार्वजनिक फोटो यस्तो छ

काठमाडौ फागुन ४,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै मदिरापान गरे भन्ने विषयमा आएका समाचारप्रति मुख्यमन्त्रीको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयले आज विज्ञप्ति जारी गरी मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटा र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यही फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन भएको र सोही अवसरमा बेलायतबाट आएका आफन्तजनको उपस्थितीमा मुख्यमन्त्री निवासमा भएको पारिवारिक जमघटमा रहेका तस्बिरलाई अतिरञ्जित गर्नु विडम्बना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै गुरुङ जातिको संस्कारअनुसार पारिवारिक जमघटमा कुनै मर्यादा विपरीतको कार्य नभएको भन्दै सो विषयमा नागरिकलाई भ्रममा नपर्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।