शुक्रबार, बैशाख ७, २०८१

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौ फागुन  ४,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्व बेखाजीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

काँग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै सभापति देउवाले कठिन परिस्थिति, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र पार्टी सङ्गठन निर्माणमा उहाँले पु¥याउनुभएको योगदानको उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

स्वतन्त्रता सेनानी शाक्यको आज काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको हो । स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलनहरु तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31