शुक्रबार, बैशाख ७, २०८१

घुस लिएको अभियोगमा प्रसनि केसीविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन ४ , महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भन्दै तत्कालीन प्रहरी सहायक निरीक्षक केसीले घुस मागेको पाइएको जनाउँदै आयोगले प्रसनि केसीविरुद्ध रु ६० लाखको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

यसैवीच आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको अभियोेगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनाल , चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालल र साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत मुद्दा दायर गरिएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31