शनिबार, बैशाख १५, २०८१

सरकारका प्रवक्ता बाँस्कोटाको कटाक्ष- सस्तो लोकप्रियताको लागि प्रोपोगण्डा राम्रो होइन

काठमाडौ माघ २,  सरकारले गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य मुकदर्शक बन्न नसक्ने निष्कर्ष सहितको अभिव्यक्ति दिएको छ ।

त्यस्तै उहाँले  पत्रकार सम्मेलनमा सरकारले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको जनाउ दिदै विप्लब समूहलाइ आतङ्ककारी ठहर गर्दै प्रतिबन्धित गरेको बताउँनु भएको छ ।

साथै मन्त्री बाँस्कोटाले सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको बताउँदै विषयगत एजेन्दामा विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन नमिल्ने र यदि धम्की आएकै हो भने प्रष्ट रुपमा कसले धम्की दियो, कति नम्बरबाट फोन आएको हो सोका किटानी सार्वजनिक गर्न अलमलिनु नहुने बताउँदै सस्तो लोकप्रियताको लागि प्रोपोगण्डा गर्नु राम्रो पक्ष नभएको बताउँनु भएको छ ।

साथै अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन काठ जेजस्तो अवस्थामा रहेको छ त्यहि अवस्थामा फिर्ता गर्ने निर्णय भएको जानकारी दिनुको अलावा उहाँले वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको बताउँदै डेपुटी गभर्नर श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उहाँलाई सफाइ दिइएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।