शुक्रबार, बैशाख १४, २०८१

फेरि बदली, वर्षा र हिमपातसंगै मौसमी प्रणालीमा उतारचढाव बढ्यो

काठमाडौ पुस २२, मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण केहि दिन यता सफा हुँदै आएको मौसमी प्रणालीमा उतारचढाव ल्याउँदै पुन वर्षा र हिमपातको संभावनालाइ प्रशय दिएको जनाएको छ ।

त्यस्तै महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौ उपत्यकासहित देशै भर वर्षासंगै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको आगामी शनिवार सम्म प्रवल सम्भावना रहेको जनाएको हो ।

त्यस्तै महाशाखाले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री र अधिकतम तापक्रम १६ .३ डिग्री सेल्सियस तापक्रम मापन गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।