शुक्रबार, बैशाख १४, २०८१

नापी सर्वेक्षक पासवान ७५ हजार घुस रकमसहित रङ्गे हात पक्राउ

काठमाडौं पुस २१,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय वीरगञ्जका सर्वेक्षकलाई आज पक्राउ गरेको छ ।जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग रु ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा आज साँझ रङ्गे हात आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रङ्गे हात पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लैजाने तयारी भएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले आजै कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं।१२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई रु १,६० हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोग टोलीले अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र टेक्टरलाई नियन्त्रणमा छोड्नका लागि
सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा आयोगको कन्चनपुरटोलीले घुस रकम सहित नियन्त्रणमा लिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तैगरि ववई सव-डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साहलाइ पनि काठको लगत तयार गरीदिए वापत सेवाग्राहीसँग घुस रकम रु १० हजार लिदैंगर्दाको अबस्थामा रकमसहित नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।