बुधबार, बैशाख १२, २०८१

अनलाइन मार्फत ठगी गर्ने गिरोहका ५ सदस्य प्रहरीको फन्दामा

काठमाडौ पुस २२,  महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गरेको अभियोगमा अनलाइनमार्फ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार सोमबार पक्राउ परेको अभियुक्तहरुमा क्रमस भारतीय नागरिकत्रय अलङ्कार जैन, नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौंका सुशील गुरुङ रहेको जनाएको छ ।

त्यस्तै प्रहरीले अनुसन्धानको क्रममा अभियुक्तहरुले अनलाइनमार्फत विभिन्न व्यक्तिलाई भा्रमक कुरा पोष्ट गर्दै लाखौ रुपैया ठगी गरेको खुल्न आएको जनाएको छ ।

यसैवीच महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने तयारीमा रहेको काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई आज बिहान पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।