शुक्रबार, बैशाख १४, २०८१

दिवा खाजा कार्यक्रमका लागि दूतावासद्वारा खाद्यान्न हस्तान्तरण

काठमाडौ माघ १०, काठमाडौं महानगरपालिका वडा न १७ ठहिटीस्थित सामुदायिक शिक्षालय शान्ति शिक्षा विद्या मन्दिरमा अध्यनरत विधार्थीका लागि नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएको इजरायली दूतावास र ईश्वरलाल फाउण्डेशनको सहयोगमा सञ्चालन हुँदै आएको दिवा खाना कार्यक्रमका लागि दूतावासद्वारा  थप सहयोग प्रदान गरेको छ।

विगतमा घट्दो विधार्थी सख्याको समस्याबाट पताडित बन्दै आएको शान्तिशिक्षा मन्दिरमा दिवा खाना कार्यक्रमको सञ्चालनसंगै विधार्थीको सख्यात्मक वृद्धिसंगै पठनपाठनको स्तर पन सुधारन्मुख बन्दै आएको अवस्था रहेको छ ।  प्राप्त पछिल्लो जानकारी अनुसार विद्यालयको नयाँ भवन समेत “एसियाली विकास बैङ्कको सहयोगमा र अमेरिकी दूतावासको सहयो सूचना प्रविधि ‘आइटी’ समेत व्यवस्थापन हुनेक्रममा रहेको बुझिएको छ ।

त्यस्तै आज एक कार्यक्रमकावीच इजरायली दूतावासले दिवा खाना कार्यक्रमका लागि विद्यालयलाई खाद्यान्न हस्तान्तरण गरेको छ कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरलाइ खाद्यान्न हस्तान्तरण गर्दै नेपालको शैक्षिक विकासमा इजरायलको सदैव सहयोग रहने बताउँनुभएको दुतावासद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यक्रममा रवीन्द्रकुमार शाक्य ,कामपा शिक्षा शाखा प्रमुख मोतिराज खनाल, विद्यालयका प्रअ लगायतले दिवा खाना कार्यक्रमको उपादेयतामाथि प्रकाश पार्दै सहयोगी हातको प्रशसा गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।