शनिबार, बैशाख ८, २०८१

घाम लागे पनि चिसो बढ्ने क्रममा तिव्रता आखिर किन ?

काठमाडौ माघ १० , काठमाडौं उपत्यका सहित देशका अन्य भेगमा वर्षा रबदली नभएको मात्र नभइ घाम लागेको अवस्थामा पनि चिसोको अनुपात निकै बढको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले पश्चिमी न्यूनचापीय वायुको प्रभावका मौसमी अवस्थामा उतारचढाव हुने क्रमले निरन्तरात पाएसंगै मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्थाबाट गुज्रेको मौसमी अवस्थामा पछिल्लो समय कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभएका कारण घाम लागेपनि चिसोको महसुस हुने जनाएको छ ।

त्यस्तै पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो अझै विद्यमान रहेको त्यस्तै पूर्वी पहाडी भूभागहरुमा आंशिक बदली रहेको जनाउको छ । साथै मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जानकारी दिदै आज साँझ जारी गरेको मौसमी बुलेटिनमार्फत अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम सम्बन्धी महाशाखाको पूर्वानुमान :

माघ १० गते (शुक्रबार)
रातीः  देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

 माघ ११  गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली  रहनेछ । तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

रातीः  देशको  पश्चिमी पहाडी  भू-भागमा आंशिक बदली  रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतबार)
दिउँसो : देशको  मध्य र पूर्वी भू-भागमा आंशिक बदली  रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

रातीः  देशभर मौसम सामान्यतया सफा रहनेछ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।