शुक्रबार, बैशाख १४, २०८१

अवैध गतिविधिमा संलग्न १सय२२ चिनियाँँ नागरिकलाई आज साँझ निष्काशन गरिँदै

काठमाडौ पुस २३, नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेकोअभियोगमा नेपाल प्रहरीले विशेष अप्रेशन सञ्चालन गर्दै गत पुस ७ गते राजधानीका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ ।

यसअघि नेपा सरकार जिल्ला प्रशासन कार्यालयले पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न उनिहरुलाइ अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही रु १ हजार जरिवानाको फैसला गरेको थियो ।

त्यस्तै प्रस्तुत प्रकरणमा पक्राउ परेको चिनीया नागरिकलाइ साँझ उनीहरूलाई चीन डिपोर्ट गर्न सवै तयारी पूरा भइसकेको जानकारी दिदै अध्यागमन विभागले सबैको भिसा रद्द गरिएको जनाउँदै आज साँझ चीनबाटै आउने दुई विमानमार्फत फिर्ता पठाइने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।