शनिबार, बैशाख ८, २०८१

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा , पृथ्वीनारायण शाहको योगदानलाइ ओझेलमा पार्न नहुँने आवाज मुखरित

काठमाडौं पुस २३, आगामी पुस २७ गते मनाइने आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको स्मृतिमा मनाइने पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  नगरपालिकाको गत पुस १० गते बसेको पाँचाँै नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

ज्ञात रहोस, संघीय सरकारले दुगुला चरित्र देखाउँदै तत्कालीन शाह वंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणमा गरेको महत्वपूर्ण तथा दुरगामी योगदानलाइ नजर अन्दाज गर्दै यसअघि दिदै आएको विदा समेत कटौती गदैगर्दा स्वकफुर्तत रुपमा कहि प्रदेश सरकारले त कहिं स्थानीय सरकारले पृथ्वी जयन्ती मनाउँन विदा दिदै नेपाल एकिरणका महानायक पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन ।

यत्र,तत्र, सर्वत्र राष्ट्रिय एकीकरण र राष्ट्रिय एकताको पर्यावाची पृथ्वीनारायण शाहको योगदानलाइ भुल्न नहुने आवाज गुन्जीदै गर्दा केन्द्रीय सरकार भने उहाँको योगदानलाइ ओझेलमा पार्दै विगत देखि चल्दै आएको परम्परालाइ समेत नामेट पार्ने परिपञ्चमा लागि परेको आवाज मुखरित भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।