शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा शाहले भने-सागमा प्राप्त उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाइ

काठमाडौं मंसिर २४, पूर्वराजा ज्ञानेन्द्र शाहले १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले हासिल गरेको परिणामले आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् । पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने कामनासमेत गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा उहाँले १३औं दक्षिण एसियाली खेलकुद सागमा प्राप्त उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाइ दिन चाहन्छु भन्दै आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको उल्लेख गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।