शुक्रबार, चैत्र १६, २०८०

विशेष कार्यक्रमकावीच साग सम्पन्न भएको घोषणा ,साग ऐतिहासिक रुपमा सफल भएको प्रम ओलीको जनाउ

काठमाडौं मंसिर २४, प्रधानमन्त्री केपी ओलीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता २०१९ सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । प्रतियोगिताको समापनसत्रलाइ भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै उहाँले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको हो

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदले दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि लागि प्रस्तुत प्रतियोगिता आफैमा महत्वपूर्ण रहेको बताउँदै प्रस्तुत प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न योगदान गर्नुहुने नेपाललगायत सबै सहभागी देशका सरकार, खेल क्षेत्र, खेलाडी र प्रशिक्षक सबैलाई धन्यवाद र  ५१ स्वर्ण पदक जित्ने सबै खेलाडीलाई बधाई दिनुभएको छ

यसैवीच साग समापनसत्रलाइ सम्बोधन गर्दै समारोह सम्पन्न भएको घोषणा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले छिमेकीहरुबीचको मित्रता अझ वृद्धि भएको तथा क्षेत्रीय एकतामा योगदान दिएको बताउनुभयो । त्यस्तै युवा तथा खेलकूदमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले खेलाडीको खेल जीवन अझ उज्यालो होस् भन्दै उनीहरुको सफलताको कामना गर्दै बधाइ ज्ञापन गर्नु गर्नुभयो । त्यस्तै गरि राखेपका सदस्य सचिव रमेश सिलवालले खेलाडीहरुले राष्ट्रको गरिमा अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको बताउँनुभयो ।

साथै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुशासितरुपमा उत्कृष्ट खेल प्रदर्शन गरी खेलाडीले एकता र मित्रता प्रदर्शन गरेको बताउँदै खेल सम्पन्न गर्ने काठमाडौँ, पोखरा र जनकपुर नगर तथा नगरवासीलाई धन्यवाद ज्ञापन गनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।