शुक्रबार, बैशाख १४, २०८१

आचार्यको अध्यक्षतामा पिडानको ५ न. प्रादेशिक संरचना विस्तार

काठमाडौं पुस २ ,औषधि व्यवसाय जगतमा विद्यमान यावत विकृतिकोे निराकरण गर्ने लक्ष्य सहित अस्तित्वमा आएको नेपाल औषधि थोक व्यवसायी संघले आफनो कार्यक्षेत्र विस्तार गर्ने क्रममा पछिल्लो पटक मुलुकको प्रादेशिक संघीय संरचना अनुरुप प्रदेश न ५ विस्तार गरेको छ । प्रदेश न ५ अन्र्तगत रहेको दाङ्गको घोराइ उपनगरपालिकाका पूराना तथा अनुभवी औषधि व्यवसायी शालिग्राम आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सहित प्रादेशिक संरचना विस्तार भएको हो ।

नवगठित प्रादेशिक संरचनाको उपाध्यक्ष , महासचिव, सचिव र कोषाध्यक्षमा क्रमस शेषकान्त ढकाल ,तुफान वावु श्रेष्ठ दिपेन्द्र न्यौपाने र रमेश खनाल रहेका छन । त्यस्ते सदस्यहरुमा लक्ष्मी कंडेल ,देव वहादुर बस्नेत ,विक्रम कुँवर, अजय केसी ,रामप्रसाद पोखरेल, भगवत कमला पुरी रहेका छन ।

यस विषयमा संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले पछिल्लो समयमा औषधि व्यवसायान मौलाएको विकाससंगैको विनास जस्तै अनेकन विकृति सहित अपराधिक मनोवृति हावी हुँदै आएका कारण राजधानी देखि मोफसलसम्म प्रत्यक्ष सहकार्यमा स्वस्थ्य प्रतिस्प्रर्धा सहितको व्यवसाय संघको अवधारणा भएको र यहि वातावरण निर्माणका लागि प्रादेशिक संरचनाको विस्तार भएके बताए । त्यस्तै उहाँले यसअघि संघको प्रदेश न १ ,४ को प्रादेशिक संरचना विस्तार भइसकेको र बाँकी प्रदेशमा पनि गृहकार्य भइरहेको बताए ।

त्यस्तै औषधि व्यवसायी र व्यवसायको आवरणमा अनेकन अपराधिक वातावरणले प्रशय पाउँदै अपराधिक सञ्जालमार्फत नियमक निकायका अधिकारीलाइ आफ्नो प्रभाव पार्दै  उपभोक्तालाइ सकसमा पार्दै  आएको अवस्थाकावीच व्यवसायी र उपभोक्तामैत्री वातावरण बनाउँन संघको विस्तारित प्रादेशिक संरचनाले आफ्नो प्रभावकारिता सिद्ध गर्नुपर्ने चुनौती रहेको बताए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।