शुक्रबार, चैत्र १६, २०८०

नगरपालिकाभित्र सञ्चालित   इँटा भट्टा हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकामा तालाबन्दी

काठमाडौं पुस ३ , चन्द्रागिरी ईंट्टाभट्टा पीडित संघर्ष समितिले चन्द्रागिरी नगरपालिकामा आज तालाबन्दी गरेका छन । चन्द्रागिरी क्षेत्रमा सञ्चालित ईंट्टा उद्योग हटाउन माग गर्दै स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

आन्दोलित स्थानीयले चन्दागिरी नगरपालिकाभित्र सञ्चालित १४ वटा इँटा भट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भिर असर परेको जनाउ दिदै यस क्षेत्रमा सञ्चालित सबै ईंट्टा भट्टा हटाउनु पर्ने माग गर्दैआएको छ । सर्घष समितिले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन समेत गरेका थिए ।

साथै संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलीय बैठकद्वारा चन्द्रागिरी नगरपालिकाभित्रका सम्पूर्ण इँटा उद्योगहरु बन्द गराउने निर्णय भएसपनि नगरपालिकाले अहिलेसम्म यसविषयमा कुनै प्रत्रिया शुरु नगरेका कारण आफुहरु आन्दोलित हुनु परेको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।