शुक्रबार, बैशाख १४, २०८१

टेकुपुल देखि डल्लु पुलसम्मको सहायक सडकमा कालोपत्रे

काठमाडौं मंसिर ४ , काठमाडौं महानगरपालिका अन्र्तत विष्णुमति किनार जोडिएका कामपा वडा न १८ ,१९ र २० अन्र्तगतका करिब ११ सय ५० मिटर लम्बाइ र ८.५ मिटर सहायक सडक लामो समय पछि गएराती पिच भएको छ ।

प्रदेश सरकार, अधिकार र सम्पन्न बाग्मति सभ्यता एकिकृत विकास समिति, महानगर र यस मातहतका वडा समितिको सहकार्यमा टेकु पुल देखि डल्लु पुलसम्मको सहायक सडक लुम्विनी गौरी पार्वती कोण्टेक जेभीले प्राप्त जिम्मेवारी अनुरुप पिच गरिएको हो ।

प्रस्तुत सहायक सडक पछिल्लो समय राजधानीमा बढ्दो सवारी जामलाइ न्यूनिकरण गर्ने सवालमा निकै महत्वपूर्ण बन्दै आएको कामपा वडा न १९ का वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिदै सडक पिच भएसंगै लामो समय यतादेखि स्थानीयले व्यहोर्दै आएको धुलो धुँवा जस्ता यावत परेशानीबाट छुटकारा पाउँने वताउँदै निर्वाचनको समयमा अभिव्यक्त प्रतिवद्धतालाइ सहकार्य सहित पिच सडकमा रुपान्तरण गर्न पाएकोमा खुसी व्यक्त  गरे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।