शनिबार, बैशाख १५, २०८१

संवैधानिक परिषद्का निर्णयमा बहुमतीय प्रक्रिया संविधानको भावना प्रतिकूल हुने काँग्रेसको ठहर

काठमाडौ कार्तिक ५, नेपाली काङ्ग्रेसको आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने बताउँदै परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज बसेको बैठकमा सभापति देउवाले सोमबार प्रम केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलको जानकारी दिदै गर्दा संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडानमा बस्न सुझाव दिएको बुझिएको छ ।

त्यस्तै सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा मीनेन्द्र रिजाललगायत उपस्थिती रहेको बैठकमा मङ्सिर १४ को आसन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने सम्बन्धमा समेत छलफल गर्दै कात्तिक ७ गते बस्ने केन्द्रीय समितिले नितिगत निर्णय गर्ने तयारी गरेको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।