शुक्रबार, चैत्र १६, २०८०

चाडको नाममा विकृति र अराजकतापूर्ण क्रियाकलाप गरे कारवाही : गृह मन्त्रालय

देउसी–भैलो भन्दै दबाबमूलक माग राखेर पत्राचार ,भूइँचम्पा, पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग उत्पादन, आयात, खरीद, बिक्रीवितरण र लागुऔषको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्री जस्ता गतिविधिसंगै संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, तथा प्रसारणमा बन्देज

काठमाडौ कार्तिक ५ , गृह मन्त्रालयले नेपालीको महत्वपूर्ण दोस्रो चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आसन्न चाडलाइ वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी मनाउन अनुरोध गर्दै चाडको नाममा विकृतिपूर्ण क्रियाकलापलाइ प्रशय दिदै अराजकप्रारुपा देउसी–भैलो भन्दै दबाबमूलक माग राखेर पत्राचार गर्ने जस्ता कामकारवाही गर्दै समाजमा दवदवा सिर्जना गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

त्यस्तै विज्ञप्तिमा मन्त्रालयले स्थानीय प्रशासनबाट तोकिएको समयवधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न र मन्त्रालयले लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गरेको कार्यक्रम र त्यसको परिपालना गर्न अग्रह गर्दै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन समेत अनुरोध गरेको छ ।

त्यस्तै यमपञ्चक तिहारको समयमा यात्रुहरुको सहज आवागमनका लागि र सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई २४सै घण्टा परिचालन गरिएको जानकारी दिदै प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।

साथै दिपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग उत्पादन, आयात, खरीद, बिक्रीवितरण नगर्न र नगराउन त्यस्तै लागुऔषको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्री जस्ता गतिविधि कसैले गरेको पाइएमा कानून बमोजिम कारवाही हुने जनाउँदै यस सम्बन्धमा कुनै गुनासो वा कानून विपरीतको कार्य भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।