शुक्रबार, बैशाख १४, २०८१

बौद्धनाथ स्तुपाको विवादको अध्ययनका लागि सहसचिव तामाङको संयोजकत्वमा समिति गठन

काठमाडौं असोज १५ , गत शनिबार बौद्धनाथ स्तुपभित्र आयोजना भएको क्षमापूजा तथा दीप प्रज्वलनको क्रममा बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध मेलम्ची घ्याङ गुठीसम्वद्ध समुहकावीच विवाद भइ झडपको स्थिती सिर्जना भएसंगै जारी विवाद समाधानका लागि सहजीकरण गर्दै विवाद अध्ययनका लागि समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समितिमा जिप्रका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव नीरज पौडेल र गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको बैठकले समितिलाइ बौद्धनाथ स्तुपा क्षेत्रमा चुलिदै आएको विवाद समाधानका लागि आवश्यक अध्ध्यन सहित सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।