शनिबार, बैशाख १५, २०८१

कात्तिक १३ गते देशभर सार्वजनिक बिदा

काठमाडौं कात्तिक ७,  मन्त्रिपरिषद्को कात्तिक ५ गतेको निर्णयानुसार सरकारले आगामी कात्तिक १३ गते देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।  कार्तिक १३ गते नेवार समुदायले किजापूजा अर्थात भाइटीका पर्व मनाउँने भएकोले सोही अवसरमा कात्तिक १३ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राइद्दारा आज जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै सूचनामा २०७६ कात्तिक १३ गते बुधबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुमासमेत सार्वजनिक बिदा हुने व्यहोरा जानकारीको लागि अनुरोध छ’ – मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

गत कार्तिक ३ गते सङ्घीय संसद सदस्य सांसद कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा , प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतका प्रतिनिधीमण्डलले प्रम ओलीसंग भेटवार्ता गर्दै    पञ्चाङ्ग निर्णायक समितिले वर्ष ०७६को तिहार पर्वका सम्बन्धमा प्रकाशित क्यालेण्डर अनुरुप नेवारी समुदायले विगत देखि अङ्गिकार गर्दै आएको परम्परा वेमेल भएको भन्दै प्रम धानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै नेवार समुदायले कार्तिक १२ मा नभइ कार्तिक १३ गते भाइटीका मनाउँने भएकाले सो दिन पनि बिदा दिन माग गरेको थियो ।

त्यस्तै प्रतिनिधीमण्डलको ध्यानाकर्षण पछि प्रधानमन्त्री केपी ओलीले नेवाः समुदायको भाइटीका लागि कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाउ दिदै यसको लागि मन्त्रिपरिषबाट निर्णय गराएर विदा घोषणा गरिने बताए अनुरुप कार्तिक ५ गतेको मप बैठकबाट यस किसिमको निर्णय भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।