बिहिबार, चैत्र १५, २०८०

विप्लवबाट हिंसा छोड्यौं, शान्ति रोज्यौं’ भन्ने वक्तव्य आएसंगै वार्ताको वातावरण बन्छ : प्रवक्ता बाँस्कोटा

काठमाडौ कार्तिक ७,  सरकारका प्रवक्ता एवं सन्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मुलुकको संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे प्रतिबन्धित विप्लव’ नेतृत्वको नेकपा संग वार्ता गर्नसकिने जनाउ दिनु भएको छ ।

त्यस्तै उहाँले मन्त्री बाँस्कोटाले यसको लागि वक्तव्य जारी गरेर हामीले ‘हिंसा छोड्यौं, शान्ति रोज्यौं’ भन्ने जनाउ विप्लवबाट आएको अवस्थामा सरकारले वार्ता गर्न कुनै कन्जुश्याइ नगर्ने बताउँदै वार्ताको लागि अरु कुनै सर्त नचाइने बताउँनु भएको छ । त्यस्तै हत्या हिंसा अराजकतालाइ निरन्तरता दिएका कारण सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाउनु परेको बताउँदै मन्त्री बाँस्काटाले वर्तमान सरकार मुलुकमा शान्ति अमनचयन र सुशासन कायम गर्न गराउँन प्रतिबद्ध रहेका कारण कुनै पनि किसिमको अराजकता स्वीकार्य नभएको जनाउ दिनु भएको छ ।

साथै उहाँले कलाकार राष्ट्रको गहना हो तर कलाकारको प्रस्तुति समाजलाइ दिशानिर्दे गर्ने भन्दापनि अराजकता प्रदर्शन गर्ने खालका भएकै कारण र्‍यापर गायक ‘भिटेन’ भनिने समीर घिसिङलाइ पक्राउ गनुृको अलावा यसहघि दुर्गेश थापाको गितमाथि प्रतिबन्ध लगाईएको जनाउ दिनु भएको छ ।  पछिल्लो समय समाजमा जे बोले पनि हुने, जे लेखे पनि हुने संस्कृतिीको विकास हुनु किमार्थ राम्रो लक्षण नभएको भन्दै यसलाइ सुार गर्न पनि सरकारले केहि कठोर कदम चाल्न आवश्यक रहेको बताउँनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।