शनिबार, बैशाख १५, २०८१

उपनिर्वाचन प्रयोजनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत

काठमाडौ कार्तिक ४, मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोग, नेपालले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि हुने निर्वाचन प्रयोजनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको हो ।

त्यस्तै आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको जिम्म्ेवारीमा न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।