बुधबार, बैशाख १२, २०८१

नक्कली नोट छाप्दै गरेको अवस्थामा उपकरणसहित तीन अभियुक्त पक्राउ

काठमाडौ कार्तिक ४, नेपाल प्रहरीको बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले नक्कली नोट छाप्ने उपकरणसहित ३ जनालाइ पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेको जनाउँदै नक्कली नोट छाप्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको ।

त्यस्तै पक्राउ परेका अभियुक्तहरुबाट रू १००० दरका ३४ थान नक्कली नोट बरामद गर्नाका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेशिन एक थान, सिपियु एक थान, मनिटर एक थान, क्यामरा एक थान, कैँची चार थान, गम चार थान, ठूलो साइजको कागज १४२ थान र सानो साइजको कागज १४९ थान समेत बरामद गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।